साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जब आफ्नै मिडियाले प्रचण्डलाई   टेरेनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमले आफ्नो समाचार नछापेकोमा असन्तुष्टि जनाउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवस तथा लेनिन जयन्तीमा अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘मैले बिहानै मुख्य पत्रिकामा हेरेँ, लेनिनबारे लेखेको देखिनँ ।’

आफूहरू पक्षकै पत्रकारले चलाउने अनलाइनमा पनि लेलिन र आफ्नो विज्ञप्तिबारे नलेखिएको बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रै साथीले चलाउने अनलाइनमा पनि लेलिनको चर्चा देखिनँ, मैले वक्तव्य निकालेको थिएँ, त्यो वक्तव्यलाई लिएर केही न केही चर्चा भएकै होला भनेको कुनै चर्चा भएको रहेनछ, कुनै न कुनैमा थियो होला, यति ठूलो कम्युनिष्ट पार्टीको चर्चा किन भएन ?’

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ३ : ४१ बजे