काठमाडौं । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरुको बैठक बोलाउनुभएको छ । आन्तरिक विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक बोलाउनुभएको हो ।
बैठक पूर्वराजपा नेपालको संसदीय दलको कार्यालयको बैठक कक्षमा बसिरहेको हो ।
ठाकुर केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा हुनुहुन्छ भने सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई समर्थन गर्न नहुने पक्षमा रहेनुभएको छ ।
गत मंगलवार प्रधानमन्त्री अोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ ।
सिंहदरबारमा जारी बैठकमा तत्कालीन राजपा नेपालकै सांसद महेन्द्र राय यादवलाई भने बोलाइएको छैन । महेन्द्रराय यादव उपेन्द्र यादवको पक्षमा गइसकेका हुनाले उहाँलाई बैठकमा नबोलाएको स्रोतले जनाएको छ ।
प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार ३ : ३१ बजे
प्रतिक्रिया