दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सगरमाथा संवाद शुरु गर्ने मन्त्रिपरिषद्को निर्णय, प्रत्येक पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय

काठमाडौं । सरकारले सगरमाथा संवाद आयोजना निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको नियमित बैठकबारे जानकारी गराउनुहुँदै शुक्रबार सोको जानकारी गराउनुभयो । 

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नेपाल–भारत सरकारबीचको सहमतिमा जीटुजी प्रणालीबाट मल खरिद विक्रीको काम अघि बढाइएको जानकारी गराउनुभयो । 

मनत्री परिषद् बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने निर्णय समेत गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो  । 

यसैगरी सरकारले  हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्रा।डा। यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय गरेको छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा। विनोद अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । प्रेस काउन्सिलको अध्यक्ष पदमा पत्रकार बालकृष्ण बस्नेतलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ, सो सूचना विहिबार नै सार्वजनिक भइसकेको थियो । 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : १५ बजे