सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि ,१०१ जनाको मृत्यु

काठमाडौं – नेपालमा आज थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घन्टामा गरिएको १४ हजार १८२ पीसीआर र ६६३१ वटा एन्टीजेन नमुना परीक्षण गर्दा थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  उक्त अवधिमा थप ८ हजार ६६३ जना कोरोना संक्रमणबाट निको भई घर फर्किसकेका छन् ।

आज काठमाडौँ उपत्यकाका थप १३ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमध्ये काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना रहेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ९७ हजार ६९९ रहेको छ  ।

मन्त्रालय अनुसार गत २४ घन्टामा  कोरोना संक्रमणको कारण थप  १०१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ०४ बजे