काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ ।
शुक्रबार गठित इजलासमा जबरासहित न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।
अस्वस्थ रहेका कारण विश्वम्भर श्रेष्ठको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको हो।
गठन भएको इजलाशले आजै नागरिकता विधेयकसम्बन्धी रिटमा सुनुवाइ गर्ने छ।नागरिकता अध्यादेशविरुद्धका ६ वट रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
संसद विघटनको मुद्दामा भने आइतबारदेखि सुनुवाइ हुनेछ। संसद् विघटनको मुद्दा पनि यही इजलासले हेर्ने हो होइन निश्चित छैन।
प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १ : ३४ बजे
प्रतिक्रिया