दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

राष्ट्रिय यूवा संघले भ्याक्सिन भोलुन्टियर खटाउने 

पोखरा । राष्ट्रिय यूवा संघले भ्याक्सिन भोलुन्टियर खटाउने भएको छ । राष्टिय« युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलुन्टियर परिचालन गर्ने बताउनुभएको हो । संघको गण्डकी प्रदेश कमिटीद्धारा पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले त्यस्तो बताउनुभएको हो । 

उहाँले तीन महिना भित्र हरेक जनता लाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै, सरकारको उक्त खोप अभियानलाई सजह  बनाउन टोल टोलमा स्वयमसेवक परिचालन गर्ने बताउनुभयो ।  नेपालमा कोभिड १९ को संक्रमण सगै यस्को   नियन्त्रण, रोकथाम , राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र  हज्जरौ नेता कार्यकर्ता  परिचालित रहेको उहाँले बताउनुभयो ।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल  कदमीमा संकलित उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती  डा. डुक बहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर ,पिपिई, मास्क्, ग्लोभ्स आदी गरी  रु १० लाख रकम बाराबरको सामाग्री हस्तान्तरण गरिएको आयोजकले बताएका छन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ११ : ०४ बजे