‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रूपन्देहीमा जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

​​​​​​​रुपन्देही । रुपन्देहीमा आगामी जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने बाहेक अन्य नियमहरू पूर्ववत रहनेगरी व्यवस्था मिलाइएको छ । 

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधन तथा अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको हो । 

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुने, मानिस भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ३१ बजे