मार्फामा बढ्दै पर्यटक

प्रेस काउन्सिलका अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त 

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने  निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि  अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

कानून व्यवसायीसमेत रहनुभएका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो । काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको 

नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आउनुभएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : १७ बजे