दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि बोलाए ‘फुल कोर्ट’

काठमाडौं। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रवार ‘फुल कोर्ट’ बोलाएका छन्। संवैधानिक इजलास गठनमा देखिएका समस्या समाधानका लागि भएको सहमतिअनुसार राणाले फुल कोर्ट बोलाएका हुन्। ‘फुल कोर्ट’मा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ। मंगलबारको इजलासमा प्रधानन्यायाधीश राणाले जेठ २३ गते संवैधानिक इजलास बस्ने र आफूले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राख्न नमिल्ने तर्क रिट निवेदक तर्फका कानून व्यवसायीहरुले गरेका थिए । केसी र श्रेष्ठले मंगलबारको संवैधानिक इजलासमा आफूहरुले इजलासमा बस्नु नपर्ने कारण नरहेको राय दिएका थिए । सोही इजलासमा न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न नसक्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ८ : ४७ बजे