सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ५ हजार ८२५ जनामा कोरोनाको संक्रमण पुष्टि, ७५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ५ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घन्टामा थप ५ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा संक्रमणमुक्त भई घर फर्किनेको संख्या  ५ हजार ९ सय ४ जना रहेका छन् ।

त्यस्तै गत २४ घन्टामा कोरोना संक्रमणका कारण थप ७५ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ५ : ११ बजे