सुनको मूल्यमा नयाँ कीर्तिमान

कालो ढुसीको सङ्क्रमणबाट एकको मृत्यु

धनगढी – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ ।

यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो । उहाँको आज बिहान ७ः०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।  

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  २ : ४६ बजे