दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमाले केन्द्रीय सदस्य रिजालको दाबी, ‘पार्टी फुट्दैन, ब्रेक थ्रु हुन्छ ’

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सैद्धान्तिक, वैचारिक विवाद नभएको दावी गर्नुभएको छ । पार्टीको संगठनात्मक व्यवस्थापनका बारेमा विवाद भएपनि जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुने उहाँको भनाइ छ । उहाँले भित्र र बाहिरबाट जतिसुकै प्रयत्न गरेपनि पार्टी नफुट्ने बरु ब्रेक थ्रु हुने बताउनुभएको छ ।

‘सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, नेकपा (एमाले) मा सैद्धान्तिक–बैचारिक विवाद छैन र यस सिंगो प्रकरणमा त्यस्ता कुनै पनि मुद्दा देखा परेका छैनन् । संगठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ, सबै नेता–कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ । त्यसपछि भित्र र बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन । आशा गरौँ, छिट्टै यसमा ’ब्रेक थ्रु हुन्छ ।’

नेकपा एमालेका दुवै पक्षको आज बैठक डाकिएको छ ।  एमालेको माधव समूहको भच्युअल बैठक जारी छ भने ओली पक्षको अपरान्ह चार बजे स्थायी समिति बैठक बस्दैछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १ : ३३ बजे