दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमालेले केन्द्रीय सदस्यलाई भन्यो- पार्टीको विधान र मुलुकको कानुन विपरीतका क्रियाकलापमा सहभागी नहुनु

काठमाडौँ । नेकपा एमालेले माधव नेपाल पक्षले बोलाएको भनिएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरूलाई सचेत गराएको छ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आज बिहानै प्रेस वक्तव्य प्रकाशित  गरी पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै त्यसको पार्टीले निन्दा र भर्त्सना गरेको जनाउनुभएको छ ।

वक्तव्यमा भनिएको छ, ''अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो क्रियाकलापको निन्दा एवम् भर्त्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सूचित गर्दछु ।''

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ९ : ०३ बजे