देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ढिस्काले पुरिँदा चन्द्रागिरिमा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका­ १३ स्थित कङ्काली स्कुल नजिक ढिस्को खसेर पुरिँदा आज दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका­ ८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ छन् । 

घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी  उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार यहाँस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । 

घाइते भएका अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ । 
­­­

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ७ : १५ बजे