दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

निर्वाचन आयोगले ठाकुर र यादवलाई भन्यो,–‘प्रक्रिया पुरयाएर आउनुस’

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी सहितको पत्र निर्वाचन आयोगमा पेश गर्नुभएको थियो । तर, उक्त पत्रमा केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले आयोगले माग गरेको हो ।

हिजै अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको थियो । आयोगका प्रवक्ता श्रेष्ठले दुवै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता किताबमा रहेको विवरण सच्याउन पनि आग्रह गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : ०१ बजे