सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। 

आजको छलफल पार्टी एकता कसरी जोगाउने भन्ने बिषयमा केन्द्रित हुने उहाँले बताउनुभयो । मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

यसअघि एमाले संस्थापन पक्षले  वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १० : ५२ बजे