सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

 लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन अघि एमालेले बोलायो संसदीय दलको बैठक

रुपन्देही ।  लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन अघि सत्तारूढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

लुम्बिनी प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनका विषयमा योजना बनाउन सत्तारूढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको हो । 

आज दिउँसो १ः०० बजेदेखि सुरु हुने प्रदेश सभामा बैठकमा दलीय धारणा तय गर्न ८:०० बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको बैठकमा १७ जेठमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी उम्मेदवारलाई मत दिएका दुई सांसदका विषयमा पनि छलफल हुने बताइएको छ । 

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ७ : ५३ बजे