दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

माडीको देबेन्द्रपुरमा खानेपानीको हाहाकार

चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर माथिल्लो लाइन (शनि मन्दिर टोल)  मा लामो समयदेखि खानेपानीको हाहाकार छ । स्थानीयबासीहरु पिउने खानेपानीको अभावमा झन्डै आधा किलोमिटर पैदल हिडेर डोकामा गाग्री राखेर पानी ल्याउनु परेको छ । उक्त क्षेत्रमा बस्ती निर्माण भएदेखि नै यस्तो खालको समस्या भोग्नुपरेको स्थानीय पण्डित सुदर्शन सुबेदीले बताए । उनका अनुसार यस क्षेत्रमा बि.सं ०५६ /०५७ सालमा जिल्ला खानेपानी आयोजनाले धोकेखोला खानेपानी आयोजना भनेर बिस्तार गर्‍यो । केहि खानेपानीका धाराहरु निर्माण भएको र केहि धारा संरक्षणको अभावमा जिर्ण भएका थिए । ‘  धारामा पानी आउँछ, तर आकाशबाट केहिदिन पानी परेपछि पहिरोसंगै पानीको पाइप बगाएर लैजान्छ ।’ सुवेदीले भने । अहिले यस क्षेत्रमा कुसुमखोला खानेपानी आयोजना भनेर सुरुवात गरिएको छ ।

खानेपानी बिस्तारको लागि माथी ट्यांकी निर्माण गर्ने भनिएतापनि ट्यांकी निर्माण नहुँदा पानी बितरण हुन नसकेको हो । बिगतमा निर्माण गरिएका धाराहरुमा  एक धारा बराबर झन्डै १२ घरले प्रयोग गर्नुपरेको र लाइनमा बसेर पानी भर्नुपर्दा एकदम पिडा भएको स्थानीय मन्जु गौडेलले बताइन् । चुनावका बेलामा ठुलठुला आकाशका तारा झार्ने गफ गर्ने नेताहरु हामीलाई समस्या पर्दा, वास्ता नगर्ने प्रवृत्तिले गर्दा वाक्क लागेको उनको गुनासो छ । अहिले माडीका झन्डै २०० घरधुरी खानेपानीको अभाव झेल्न बाध्य छन् ।

(महेश : सुसासन र समृद्धिका लागि सञ्चार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ६ : ३७ बजे