सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घन्टामा २० हजार १६५ जनाको कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा उपचार पश्चात निको भई घर फर्किने को संख्या ६ हजार ८९८ जना रहेका छन् ।

हालसम्म देशमा कुल १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमितहरु रहेका छन् । 

पछिल्लो २४ घन्टामा थप ६८ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : १७ बजे