साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं आइपुग्यो  ८ लाख डोज खोप

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज भेरोसेल खोप मध्ये ८ लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोपआज ल ल्याइपुर्‍याएको हो । 

थप १ लाख आजै आउँदै

आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने छ ।

यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड९१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ३ : ०३ बजे