सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

संवैधानिक इजलासबाट न्यायाधीश केसी र श्रेष्ठले अलग हुन अस्वीकार

काठमाडौं ​​​​​​​ संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले अलग हुन अस्वीकार गर्नु भएको छ  । केही वकीलहरुले  इजलासबाट उहाँहरु अलग हुनुपर्ने अडान लिँएपनि उहाँहरुले आफुहरु अलग हुनु पर्ने कुनै कारण नभएको भन्दै इजलासमा अलग नहुने राय दिनुभएको हो  ।  

यही विषयमा मंगलबार इजलासमा छलफल हुँदा न्यायाधीश श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने बुनै कारण नदेखेको बताउनुभयो  । ‘नेकपा विभाजनको पुनरावलोकन निस्सा नदिने मुद्दा र यो मुद्दामा सम्बन्ध देखिँदैन । मैले अलग हुनुपर्ने आधार र कारण देखिँन । अलग हुनुपर्ने आर्थिक कारण पनि छैन’, केसीको भनाइ थियो ।    

न्यायाधीश  बमकुमारले पनि नाम सम्बन्धी विवादको मुद्दा र यो फरक विषय भएकाले इजलास नछाड्ने बताउनुभयो  । उहाँले यो मुद्दासँग नेकपाको नामसम्बन्धी मुद्दाको सरोकार नरहेको भन्दै मुलुकी देवानी संहिता अनुसार यस इजलासबाट बाहिर नहुने बताउनुभयो ।

संवैधानिक इजलासबाट मंगलबार न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराई भने अलग हुने निर्णय लिनुभएको छ । 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  २ : ४७ बजे