साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बाल यौन दुरुपयोग गर्ने पक्राउ

मकवानपुर – आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १ : २६ बजे