सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

संवैधानिक इजलाशमा पुरानै न्यायाधीशलाई निरन्तरता, सुनुवाई सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै संसदका विपक्षी दलसमेतले हालेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलाशमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिनुभएको छ ।

पूर्व मुद्दासँगको संलग्नतालाई लिएर न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न कानुन व्यवसायीहरुले माग गरेको भए पनि आजको इजलाशमा पूर्ववत नै न्यायाधीशहरु तोकिएको हो ।

नेकपा विभाजनसम्बन्धि फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलाशमा राख्दा नैतिक प्रश्न उठ्ने भन्दै अधिवक्ताहरुले विकल्पका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ११ : ३५ बजे