सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन

काठमाडौँ । वरिष्ठ अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन भएको छ । कोभिड १९ संक्रमणबाट ग्रसित थापाको सोमबार राती काठमाडौँको बुढानिलकण्ठमा रहेको गंगालाल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

एक महिना अघि कोभिड संक्रमण पुष्टि भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर पछि अवस्था जटिल भएपछि गंगालालम भर्ना गरिएको थियो । झण्डै दुई हप्ता भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनको अवस्थामा सुधार आएको थिएन ।

डा.थापा विश्व बैंकका अतिरिक्त निर्देशक समेत भएका थिए । त्यसअघि उनी २०५१ सालमा भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार थिए । त्यसपछि सुरेन्द्र पाण्डे र युवराज खतिवडा अर्थमन्त्री हुँदा पनि उनी सल्लाहकार टिममा बसेर काम गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १० : ४८ बजे