आज फाल्गुनन्द जयन्ती

आज देशभरको मौसम सफा रहने

नेपाल युएईसँग पराजित

स्वास्थ रहन : सोच र व्यवहार बदलौं

कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारी शुरु भए पछिका दिनमा विश्वभरिनै ठुलो धनजनको क्षति भएको छ । विज्ञानले गरेका चमत्कारिक उपाय र उपलव्धिहरुले कोरोना महामारीलाई रोक्न सकेन । शक्ति सम्पन्न राष्ट्रहरु नै हायलकायल भए । यो लेख तयार पार्दासम्म विश्वमा करिव ३४ लाख मानिसले कोरोनाको कारण ज्यान गुमाएको आधिकारिक तथ्याङ्क छ तर यो बाहेक पनि कोरोनाको कारण ज्यान गुमाउने योभन्दा धेरै भएको अनुमान स्वयं विश्व स्वास्थ संगठन (ध्ज्इ)ले गरेको छ । कम विकशित, सघन जनसङ्ख्या, कमजोर स्वास्थ सुरक्षा, कमजोर तथ्याङ्क र अन्धविश्वासले भरिपुर्ण समाजमा मृत्युको सङ्ख्या झन् धेरै हुने नै भयो । भारतमा मात्रै अहिलेसम्म तिनलाख १८ हजार मानिस कोरोनाले मरेको भन्ने सरकारी आँकडा छ तर अन्य आँकडाले सात लाखभन्दा बढी मानिसको मृत्यु कोरोनाको कारण भएको अनुमान गरिदैछ । 

 नेपालमा पनि स्वास्थ सुरक्षाको प्रवन्ध खासै राम्रो छैन । एउटा कमजोर आर्थिक अवस्था भएको अविकशित मुलुकमा जे जे हुन्छ त्यो नेपालमा पनि भएको छ । कोरोनाको दोश्रो लहर पहिलोभन्दा भयानक भएर देखा परेको छ । शुरुमा यसल।ाई केही दिन वा हप्ताको निम्ता नदिएको र मन नपराएको पाहुना जस्तो ठानिएको थियो । तर यो त बर्षौंसम्म सताउने र झन्झन् बलियो हुदै ज्यानै लाने खालको अवस्थामा विकशित भइरहेको छ । यस्तोमा हामीले कोरोनासँगै बाँच्ने, जिउने अभ्यास गर्नु पर्ने देखिन्छ । यस्तो नहोस् तर भयो भने : जस्तो कि कोरोना पटक पटक आइरह्यो, अझ खतरनाक हुदै आयो, हावाबाट पनि सर्न सक्ने क्षमता विकास गरेर आयो भने के गर्ने ? केही समय लक डाउन गरेर घरमै बसेका छौं । सबैका कामधन्धा, व्यपार व्यवसाय ठप्प भएको छ । केही दिन, हप्ता वा महिना त यसरी पनि चल्न सक्ला तर सधै यसरी चल्दैन । त्यसो भए के गर्ने ? हो, यो बारेमा पनि चिन्तन गर्न जरुरी भएको छ । अहिले प्रयोग गरेका सुरक्षात्मक उपायहरु मास्क, सेनिटाइजर, साबुनपानीले पटकपटक हातधुने, व्यत्तिव्यक्तिमा दुरी कायम गर्ने, भिडभाड नगर्ने केही उपायहरु हुन् । सायद अब यतिले मात्रै पुग्दैन । योभन्दा बढी पनि केही सोच्नुपर्छ । 

अहिले कोरोनाले भेटीहाल्छ कि भनेर जोगिदैछौं । कतिलाई भेटि रहेको छ । कतिलाई निलि रहेको छ । यसमा पनि के अनुभुति भएको छ भने जसलाई भेट्यो र कष्ट सहन वाध्य भए उनीहरुले चेतेका छन् तर जसलाई भेटेको छैन उनीहरुलाई हामीलाई अर्थात मलाई कोरोनाले भेट्दैन भन्नेमा ढुक्क जस्तै छौं ।मानिसको स्वभाव कस्तो देखियो भने आफूलाई रोगले नसताउदासम्म हामीलाई रोग लाग्न सक्छ र त्यसबाट बच्नु पर्छ भन्ने सोच आउदैन रहेछ ।

 

कोरोना लाग्दैमा मरिदैन तर कोरोनाले मर्न सकिन्छ । यसबाट सिक्नुपर्ने कुरा भनेको कोरोना लाग्दा घरमै बसेर निको हुन सक्छ, चिकित्सकको सल्लाह र सुझाव चाहिन्छ, अस्पतालको सेवा लिनु पर्ने हुन सक्छ, आइसियु र भेण्टिलेटर नै चाहिन सक्छ । यति सबै हुँदाहुदै पनि केही लाई बचाउन सकिदैन । मर्नेमा आपैm र आपूmले अत्यन्तै माया गरेका, आफ्नो जीवनका लागि एकदमै महत्व राख्ने मानिस पनि हुन सक्छन् र सक्छौं । 

मानिसको स्वभाव कस्तो देखियो भने आपूmलाई रोगले नसताउदासम्म हामीलाई रोग लाग्न सक्छ र त्यसबाट बच्नु पर्छ भन्ने सोच आउदैन रहेछ । यो मेरो आफ्नै पनि अनुभुति हो । मानिस जब ४० वर्ष पार गर्छ तब स्वास्थ समस्या हुन सक्ने खतराको ‘जोन’मा प्रवेश गरेको हुन्छ । जतिजति उमेर बढदै जान्छ रोगले लक्षण देखाउने र सताउने क्रम बढदै जान्छ । कोरोनाको पहिलो लहरमा लगभग सबै जसो रोगी मानिसलाई यसले अलि बढी नै दुखः दिएको र मृत्युको मुखमा पु¥याएको अनुभव सबैमा छ । तर दोश्रो लहरमा युवा र स्वास्थ देखिएका मानिसलाई पनि मृत्युको मुखमा पु¥याए पनि त्यो कम प्रतिशत हो र मृत्यु हुने धेरै जसो दिर्घ रोगीहरु नै छन् । यस्तो हुनुको कारण भनेको हाम्रो शरिरमा रोगसँग लडन सक्ने प्रतिरोधि क्षमतामा निर्भर देखिएको पाइन्छ । डा. योगी विकाशानन्दले एउटा कार्यक्रममा भन्नुभयो कोरोना समस्या होइन, समस्या हाम्रो रोग प्रतिरोधि क्षमता कम हुनु हो । यो भनाईमा सत्यता छ । 

 कोरोनाले मात्रै होइन हरेक किसिमका रोगले कमजोर शरिरलाई नै बढी क्षति पु¥याउने हो । त्यसैले अब मानिसले आफ्नो शरिरको रोग प्रतिरोधि क्षमता (इम्युनिटि पावर) बढाउनु पर्छ । शरिरको प्रतिरोधि क्षमता बढाउने भनेको एलोपेथिक दवाईले  खाएको केही घण्टाभित्र काम शुरु गरिहाल्ने जस्तो हुदैन । यो एउटा निरन्तर चल्ने लामो प्रकृया हो । यस्तो प्रकृया नियमित अपनाउदा नै शरिरको रोग प्रतिरोधि क्षमता मजबुत रहन्छ । एक हिसाबले हामी आफ्नो शरिरमा भएको प्रतिरोधि क्षमता जुन प्राकृतिकरुपमा नै हुन्छ त्यसलाई पनि बिगारिरहेका हुन्छौं । जस्तै हामीले नियमित खाने कुरालाई बढी नै स्वादिलो र छिटो छरितो कम झन्जटिलो एवं सुविधा युक्त बनाउने नाममा त्यसलाई विगारेर खान्छौ । धेरै खानेकुराबाट फाइबर हटाउने गर्छौं । यसले पेटमा समस्या पैदा गर्द । स्वादका लागि बढी गुलियो र नुनिलो खानेकुरा प्रयोग गर्छौैं । श्रमलाई हेंला ग¥यौं र श्रमबाट टाडिन थाल्यौं, यसले शरिर कमजोर भयो । जानेर वा नजानेर जीवन शैली अस्वस्थकर बनाउदै लग्यौं । राति अबेरसम्म जागा रहने, बेलुकाको खाना ढिलो खाने, खाना खाने बित्तिकै सुत्ने, विहान ढिलो उठ्ने, उठने बित्तिकै दुध र चिनी भएको चिया लगभग बिस्तरामा नै खाने, खानामा शुद्धता नहुने, पत्रुखानाको मात्रा बढदै जाने, सामान्य रोग लाग्दा पनि च्वाट्टै निको हुने भनेर कडा औषधिको भर पर्न थाल्यौं । आधुनिक जीवनशैलिले भौतिक सुविधा त थप्यो, भोग्यौं, तर मानसिक शान्ति हराउदै गयो र मानिस सबैथोक भएर पनि तनावमा बाँच्न थाले । तनावले पनि शरिरलाई कमजोर बनायो । यस्ता अनेक  कारणले हाम्रो शरिरमा रोग प्रतिरोधि क्षमताको क्षय हुन पुग्यो र सामान्य रोगलाग्ने वित्तिकै शरिर हायलकायल हुने अवस्थामा पुग्यो । 

 तपाई हामी सबैसँग अहिले टेलिभिजनको पहुँच छ । म तपाईहरुसँग एउटा सानो निवेदन गर्छु त्यो टेलिभिजनमा आएका विज्ञापन मध्ये खानेपिउने सामग्रिका विज्ञापन हेरौं । त्यसमा हाम्रो स्वास्थलाई फाइदा हुने कुनकुन बस्तुको विज्ञापन आउछ ? हामी र हाम्रा नानीहरु तिनै विज्ञापन हेरेर धारणा बनाउछौं र बनाउछन् । हाम्रा नानीहरु पढने स्कुलका नजिकमा कस्ता खाद्यबस्तु बिक्रिका लागि राखिएका छन् र ती कत्तिको स्वास्थवर्धक छन् ? के यस बारेमा हामीले कहिल्यै सोचेका छौं । त्यस्ता पसलमा पाईने धेरै खाद्य बस्तुमा कि नुनिलो हुन्छ कि गुलियो, जसले बालबालिकालाई बढी आकर्षण गर्छ । त्यसरी नै बजारमा हामीले खाने गरेको खाजामा मैदा, चिनी र अधिक नुन नभएको खाना कति पाइन्छ ? पटकपटक एउटै तेलमा तारेको भुटेको खाद्यबस्तु निकै हानिकारण हुन्छ भनेर कहिल्यै सोच्यौं  ? चिसो पेय, जुस, इनर्जी ड्रिङ्स आदिमा पाइने के हो ? हामी अधिक मात्रामा तिनै बस्तु खाने र खुवाउने गर्छौं । श्रम बिनाको अधिक पोषणयुक्त खाना (माछा, मासु, अण्डा, गेडागुडि, घ्यु, पनिर, दुध आदि) खास उमेर पछि रोगको कारण बन्न सक्छ । बजारमा पाईने फलपूmल, तरकारी, खाद्यान्न आदिमा विषादिको मात्रा अधिक भएका कारण समस्या थपिने गरेको छ । यी सबैले हाम्रो शरिरमाथि नै अन्याय गर्ने हो । हामीलाई लाग्छ विरामी भए त अस्पताल र डाक्टर छन् नी । हो, छन् । निको पनि होइएला तर शरिर दवाईको टेकोले चल्ने अवस्थामा पुगेपछि कुनै एक टेको खुस्किने वित्तिकै फेरी अर्को समस्या थपिन्छ । 
    
तिसचालिस वर्ष पहिले अर्थात तिसचालिसको दशकमा मधुमेह, मुटुको रोग, क्यान्सर जस्ता घातक रोग अपवादको रुपमा मात्रै भेटिन्थ्यो । तर आज ती साह्रै कमन भएका छन् । यसको एउटै कारण हो हाम्रो जीवनशैली र खानपानमा आएको परिवर्तन । पचास नाघेका धेरै मानिस भन्ने गर्छन् पहिले खानै पुग्दैनथ्यो अहिले खान पुग्ने त भयो तर शरिरले (डाक्टरले) नखा भन्छ । यो भन्नेहरु घट्नेभन्दा बढने क्रम नै छ । 

अहिलेको यो अवस्थामा कोरोनाको महामारी थपियो । कोरोनाले भेटीहाल्छ कि भनेर जोगिदैछौं । कतिलाई भेटि रहेको छ । कतिलाई निलि रहेको छ । यसमा पनि के अनुभुति भएको छ भने जसलाई भेट्यो र कष्ट सहन वाध्य भए उनीहरुले चेतेका छन् तर जसलाई भेटेको छैन उनीहरुलाई हामीलाई अर्थात मलाई कोरोनाले भेट्दैन भन्नेमा ढुक्क जस्तै छौं । सोच्नु त यो पर्छ कि म बाहेक सबैलाई कोरोना छ म जोगिनु पर्छ वा मलाई कोरोना भइसकेको छ मैले अरुलाई कोरोना सार्नु हुदैहुदैन । कतै मेरो असावधानिले अरुमा कोरोना सरेछ भने मैले ठुलो गल्ति गरेको हुनेछु भन्ने बोध हुनुप¥यो । 

 अब मास्क, सेनिटाइजर, साबुनपानी, सामाजिक दुरी, निरन्तर घरको बासले मात्रै हामीलाई सधै सुरक्षित गर्न सक्दैन र यस्तो जीवन सधैका लागि सहज पनि हुदैन । रोग लागे अस्पताल छदैछ, डाक्टर छन्, पैसा छ अहिलेलाई मन लागेको खाऔं, गरौं भन्ने अवस्थाको अन्त्य गरेर फाइदाजनक आहार, नियमित श्रम वा व्यायाम, तनाव मुक्त दैनिकि र सरसफाईमा राम्ररी ध्यान दिन सके शरिरको रोग प्रतिरोधि क्षमता बढने छ । यदि हामीमा प्राकृतिकरुपमै प्रतिरोधि क्षमता बढी भएमा कोरोना लगायतका रोगव्याधिहरुलाई जित्न सकिने छ । स्वास्थ जीवनका लागि रोग लागि हालेमा उपचार गरौंला नि भन्ने सोचभन्दा रोग नै लाग्न नदिने सोच र तदनुरुपको जीवनशैली आजको आवश्यता हो ।
  
 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ८ : ३७ बजे