सुनको मूल्यमा नयाँ कीर्तिमान

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया – बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताउनुभयो ।

रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ७ : ०० बजे