दोलखा। दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्रमा भारी हिमपात भएको छ । आज बिहान ५:०० बजेबाट सुरु भएको हिमपात झन्डै ४ घण्टासम्म भएको थियो ।
बुधवारबाट मौसममा बदली भएपछि बिहीबार बिहानैबाट हिमपात भएको स्थानीयहरुले बताएका छन्। मौसम सफा भइनसकेकोले पुनः हिमपातको सम्भावना रहेको स्थानीयले बताएका छन्।
अहिले कालिञ्चोक क्षेत्रमा आधाफिट हिउँ जमेको छ ।
प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार ११ : १८ बजे
प्रतिक्रिया