सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। 

यसअघि आइतबार बैठक बस्ने तयारी गरिएकोमा आन्तरिक कारण भन्दै स्थगित गरिएको थियो। यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि आजको बैठकमा छलफल हुन सक्ने बुझिएको छ । 

१२ जनालाई के कारवाही गर्ने भन्ने बारेमा र लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि समीक्षा हुने तामाङको भनाइ छ।  स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

यसअघि एमाले संस्थापन पक्षले  वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ६ : ५० बजे