सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनको उदेश्य सरकार चलाउन नभएर चुनाव गराउनु नै भएको बताउनुभएको छ । 

सोमबार राष्ट्रिय युवा संघद्वारा आयोजित भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक विषय तथा समसामयिक विषयमा बोल्नुहुँदै सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

प्रधानमन्त्री ओलीले विगतको प्रतिनिधिसभा विघटन पश्चात् सिर्जित राजनीतिक अवस्थाका बारेमा पनि बोल्नुहुदै वर्तमान सरकारको समर्थन फिर्ता नलिने र सरकार चल्न पनि नदिने कार्य एकदमै अनुशासनहीन भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने सम्भावना हुँदाहुदै पनि पार्टीभित्रै व्यक्तिहरुबाट निर्दलीय कार्यमा संलग्न हुनु इतिहासमै गलत र अलोकतान्त्रिक काम भएको बताउनुभयो । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : १३ बजे