सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

युवा संघको अध्यक्षमा पौडेल चयन

काठमाडौं – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ ।

युवा संघ नेपालको सोमबार बसेको सचिवालयको भर्चुअल बैठकले युवा संघको अध्यक्ष पदमा किरण पौडेललाई चयन गरेको हो ।

यसअघि अध्यक्ष रहेका वचनबहादुर सिंहको उमेर  ४१ वर्ष पुगेपछि सह-अध्यक्ष पौडेललाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

युवा संघको बैठकलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेत लगायतका नेताहरले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ६ : ०३ बजे