सुनको मूल्यमा नयाँ कीर्तिमान

थप  ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको मृत्यु

काठमाडौं -आज  देशभर थप  ४ हजार ७ सय ६२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १५ हजार ५५५ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जना गरि कुल  ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालय अनुसार गत २४ घण्टामा  १ सय १४ जनाको मृत्यु भएको छ।

हाल नेपालमा १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : ४८ बजे