सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जसपालाई आठ मन्त्रालय र दुई राज्यमन्त्री दिने सहमति 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने निश्चित भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष ठाकुर र दलका नेता राजेन्द्र महतोबीचको छलफलमा जसपा सरकारमा सहभागी हुने सहमित बनेको हो ।

जसपाका नेता लक्षणलाल कर्णका अनुसार जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति बनेको छ । तर मन्त्रालयको नाम भने उहाँले लिन मान्नु भएन । प्रधानमन्त्रीसँग अहिलेसम्म हाम्रो माग कति सम्बोधन भए, कहिलेसम्म बाँकी सम्बोधन हुन्छन् भन्ने बिषयमा आज छलफल भएको छ’ उहाँले भन्नुभयो । 

जसपाबाट संसदीयदलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी जनाउने तयारी सो दलले गरेको छ । अहिलेसम्म मन्त्री हुने सूचीमा अनिलकुमार झा, शरतसिंह भण्डारी, उमाशंकर अरगरिया, एकवाल मियाँ, विमल श्रीवास्तव, चन्दा चौधरी, रेणुका गुरुङ लगायतको नाम चर्चामा छ । 

ठाकुर–महतो पक्षमा अहिले २० सांसद रहेको सो दलले जनाएको छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : २६ बजे