सिन्धुपाल्चोक । नेकपा एमाले भित्रको विवादका कारण बलेफी गाउँपालिकाका एक वडाध्यक्ष कार्यपालिका बैठकबाटै निकालिएका छन । एमाले संस्थापन पक्षमा खुलेर लागेपछी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले वडा नम्बर ७ का अध्यक्ष कार्केल लामालाई दुर्व्यवहार गर्दै कार्यपालिका बैठकबाट निकालेका हुन । गाउँपालिका अध्यक्ष क्षेत्रीले वडाध्यक्ष लामालाई कार्वाहीको प्रस्ताव ल्याएको र त्यस प्रस्तावमा कार्यपालिका सदस्यहरुले असहमति जनाएका थिए । वडाध्यक्षले भने,–‘ईगो साँधेर निर्वाचित वडाध्यक्षलाई कार्वाहीको प्रस्ताव ल्याउनु हाँस्यास्पद छ, गाउँपालिका अध्यक्षलाई सनक चलेपछि जे पनि गर्न मिल्ने कानुन कहाँ छ ?’ कार्यपालिका बैठकमा ७ का वडाध्यक्ष माथी कार्वाही प्रस्ताव, दुर्व्यवहार भएपछी ८ का वडाध्यक्ष चरी बहादुर तामाङ र २ का वडाध्यक्ष छबिलाल न्यौपाने पनि बैठक छाडेर निस्किएका थिए ।
गाउँपलिका अध्यक्ष क्षेत्री र वडाध्यक्ष लामा नेकपा एमाले बाट निर्वाचित भएका थिए । अध्यक्ष क्षेत्रीका बिश्वासपात्र मानिएका लामा संस्थापन पक्षमा उभिएपछी उनिहरु बिच दूरी बढेको हो । ब्यक्तिगत रिसिइबी, असमझदारी होला तर यसरी कार्यपालिका बैठकमा वडाध्यक्षमाथी कार्वाहीको एजेण्डा आउनु र बैठकबाट निस्केर जा भन्नू सिस्टममाथी नै प्रहार हो, बलेफी ८ का वडाध्यक्ष चरिबहादुर तामाङले भने ।
केही दिन अघि सामाजिक सुरक्षा भत्ता वितरणमा एन आईसी एसिया बैंक खाडीचौर शाखामा समस्या देखिएको बिषयमा उनिहरु बिच सडकमै भनाभन भएको थियो । वडाध्यक्ष लामाकी छोरी उक्त बैंकमा शाखा प्रबन्धक हुन । अध्यक्ष क्षेत्रीले सार्वजनिक रुपमा बैंक तोडफोड गर्ने भनेपछी वडाध्यक्ष लामाले प्रतिवाद गरेका थिए ।
प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १ : ३० बजे
प्रतिक्रिया