सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान

​​​​​रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ । 

पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उहाँको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १० : ०२ बजे