सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाडौँ ।   सत्तारुढ नेकपा एमालेको आज बिहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक भोलि सम्मका लागि स्थगित गरिएको छ ।

लुम्बिनी प्रदेशमामा आज हुन लागेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक भोलि  मङ्गलवार बिहान ११ बजेका लागि तय भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार बस्ने बैठकले लुम्बिनीमा आज हुने राष्ट्रियसभा उपनिर्वाचनसहित पछिल्लो राजनीतिक स्थिति तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणबारे निर्णय वा कारबाही गर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ९ : ०९ बजे