काठमाडौँ । सत्तारूढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । आइतबार स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः०० बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०७८र०७९ को बजेटको समीक्षा, पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारबाही हुनसक्ने बुझिएको छ ।
प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ८ : २१ बजे
प्रतिक्रिया