साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बजेट भोलिदेखी नै कार्यान्वयनमा आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले जारी गरेको बजेट भोलिदेखि नै कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने दाबी गर्नुभएको छ । हिजो प्रस्तुत भएको आर्थिक वर्ष २०७८र७९ को बजेटमाथि आएका प्रतिक्रियाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार सरकार अगाडि बढेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘संकटको समयमा कामचलाउ बजेट ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’ तसर्थ बजेट सुनाउनका लागि नभई कार्यान्वयनका लागि आएको उहाँको भनाइ थियो । 

‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’

उहाँले भोलिबाट नै बजेटमा समावेश गरिएका क्षेत्रको कार्यान्वयनका लागि आफु सक्रिय रहने बताउनुभयो । 
 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ५ : १६ बजे