सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आफ्ना कारणले अर्को महिलामाथि हिंसा नहोस् भन्नेतर्फ ध्यान दिनुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कारणले अर्को महिलामाथि हिंसा नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । महिला हिंसाका कतिपय घटनामा महिला नै संलग्न देखिनु दुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकार महिलामाथि हुने हरेक हिंसाविरुद्ध दृढताकासाथ कार्य गरिरहेको  र महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने समेत बताउनुहुँदै अन्धविश्वास, अज्ञानता वा अन्य कुनै कारणबाट महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गाली बेइज्जती, कुप्रथा र कुचलन विरुद्धको सङ्घर्षलाई जारी राख्नुपर्ने बताउनुभयो ।

महिला अपमानलाई बहादुरी ठान्ने प्रवृत्ति अनपढमा मात्र होइन पढेलेखेकैहरुमा समेत देखिनु समाजका लागि हानिकारक रहेको उहाँले बताउनुभयो । ‘आफु पढेलेखेको हुँ भन्ने, भात होइन पिज्जा खानेहरूबाट यस्ता काम भइरहेका छन्, प्रधानमन्त्रीले भन्नुभयो ।

‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहङ्कार र पछौटेपन जे भए पनि त्यो अस्वीकार्य मात्र होइन क्षम्यसमेत हुन सक्दैन,’ प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले बलात्कार र एसिड आक्रमणका विरुद्ध कडा कानुन निर्माण गरेर महिला हिंसाविरुद्ध कार्य गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ४ : ५८ बजे