सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ४३६९ जनामा संक्रमण पुष्टि, १०९ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घन्टामा पीसीआर विधिबाट १० हजार ९८६ जनाको परीक्षण गर्दा ३७०२  तथा एन्टिजेन विधिबाट  १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ६२०५ जना कोरोना संक्रमित उपचार पश्चात निको भई घर फर्केका छन् ।

त्यस्तै २४ घन्टामा थप  १०९ जना संक्रमितहरुले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ४ : ४० बजे