साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

भारततर्फ एक सय ६५ किलो गाँजा निकासी गर्दा पक्राउ

सुनसरी – कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट १ सय ६५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  २ : २४ बजे