साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाँकेमा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । 

भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाका २ जना तथा दाङ र सल्यानका १/१ जना छन् ।  

जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँसगढी -३ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल- ५ बर्दियाकी ५८ वर्षीया महिला र बागचौर -८ सल्यानका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । 

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर-४ दाङकी ४२ वर्षीया महिलाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १० : ५४ बजे