‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । 

संवैधानिक इजलासमा शुक्रबादेखि शुरु भएको सुनुवाइ समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा आइतबारका लागि राखिएको थियो । 

शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ। संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ ।

शुक्रबारको सुनवाइमा ९ जना रिट निवेदकले बहस गर्नुभएको थियो। आज १०औं नम्बरका रिट निवेदकहरु अर्थात सांसदहरूको पालो आउनेछ।

प्रधानमन्त्री ओलीको सिफारिशमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । उहाँले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

संसद् विघटनविरुद्ध ३० वटा रिट परेका छन्। जसमा २६ रिट संसद् पुनःस्थापन गरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरिएको छ भने चार वटा रिटमा संसद् पुनःस्थापना गरि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ९ : १७ बजे