एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

राप्रपाका तीन जना केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश

काठमाडौँ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना प्रभावशाली नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् । 

यसरी नेकपा एमाले प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल हुनुहुन्छ । 

तीन जना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी नेता एवं खानेपानी मन्त्री मणिराज थापाले पार्टीमा स्वागत गर्नुभएको थियो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरुले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो । 
 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ७ : १९ बजे