साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने : तीनकुने–जडिबुटि सुरङ मार्ग बन्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ३ सयवटा पुल निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

सरकाले काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ । यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ । तीनकुने–जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको अर्थत्रन्ीले जानकारी दिनभुयोमन्त्रीले बताउनुभयो  ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ०८ बजे