काठमााडौं । सरकारले २०८८ भित्रमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई पूर्णरूपमा विस्थापन गर्ने लक्ष्य लिएको छ ।
आव २०७८र०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको उपयोगलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने रणनीतिक लक्ष्य राखिएको भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि विज्ञसहितको कार्यदल गठन गरिने घोषणा गर्नुभयो ।
सरकारले प्रयोगकर्ताले तेलबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गरेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट दिने घोषणा समेत गरेको छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ५ : ५३ बजे
प्रतिक्रिया