साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विद्यार्थीलाई ल्यापटप किन्न ऋण : १६ बर्ष माथिका विद्यार्थीका लागि निःशुल्क सीमकार्ड 

काठमाडौं । सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने सरकारले जनाएको हो । आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नुहुँदै आर्थमन्त्री विष्णु पौडेले शिक्षमा वैकल्पिक सिकाइमा सहजीकरण गर्न सघाउ पुर्याउन सरकारले २ बर्ष सम्मका लागि १ प्रतिशत ब्याजमा ऋण दिने बताउनुभयो । 

यसैगरी सरकारले १६ बर्ष माथिका विद्यार्थीका लागि निःशुल्क सीमकार्ड पनि दिने भएको छ। बजेटमा स्नातक वा सो भन्दा माथिका विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने भएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ४१ बजे