सुनको मूल्यमा नयाँ कीर्तिमान

भूमिहीन र सुकुम्बासीलाई आगामी आवभित्र जग्गाधनी प्रमाण पूर्जा

काठमाडौं । सरकारले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणागर्नुभएको हो । उहाँले जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन, नाप नक्सांकन लगायतका काम सम्पन्न गरी आगामी आवभित्रै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने बताउनुभयो  ।

त्यसका लागि ६८ करोड बजेट  विनियोजन गरिएको पौडेलले जानकारी दिनुभयो  । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ३२ बजे