सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपतिबाट बजेटसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन  अध्यादेश राष्ट्रपतिले जारी गर्नुभएको हो ।  

जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो । 

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारबाट आज दिउँसो ४ बजे बजेट  प्रस्तुत गर्दैहुनुहुन्छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ३ : ३८ बजे