सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मन्त्रिपरिषद् बैठक : राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ ।

शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको हो ।मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । 

प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । संविधानमा जेठ १५ मै बजेट ल्याउनुपर्ने  व्यवस्था भएका कारण सरकारले अध्यादेशमार्फत  बजेट ल्याउन लागेको हो । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १ : ३२ बजे