‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महिला लक्षित अनर्गल टीकाटिप्पणी गर्नेलाई कारवाही गर्नुपर्छः अध्यक्ष पराजुली

काठमाडौँ – राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले राष्ट्रपतिलगायत सार्वजनिक जीवनमा रहनुभएका महिलालाई लक्ष्य गरी सुनियोजित तरिकाले अनर्गल टीकाटिप्पणी  गर्ने दोषीलाई कारवाही गर्नुपर्ने  बताउनुभएको छ ।

आयोगले आज आयोजना गरेको ‘लैङ्गिकहिंसा नियन्त्रणसम्बन्धी‘ भर्चुअल कार्यक्रममा उहाँले यस्ता कार्य गम्भीर मानवाधिकार हनन र दण्डनीय अपराध मानी दोषीलाई कानूनी कारवाही गर्न राज्यका संयन्त्र क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सहभागीले महिलाको चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न किसिमका मनगढन्ते र कपोलकल्पित समाचार, कार्टुन, टिकटक आदि बनाई सामाजिक सञ्जालमा जथाभावी रूपमा प्रचारप्रसार गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याई उचित दण्ड सजाय गर्नुपर्ने माग गर्नुभयो । 

रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ९ : १३ बजे